काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

सोमबार राति भएको खेलमा एभर्टन र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ५६ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८६ औं मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै २९ खेलबाट ४७ अंक जोडेको एभर्टन लिगको आठौं स्थानमा रहेको छ । क्रिस्टल ३० खेलमा ३८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, ०८:४०