काठमाडौंः बंगलादेशमा जारी पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज मंगलबार नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरुहुने छ ।

दुई खेल जितेको नेपालले घरेलु टोली बंगलादेशविरुद्ध पनि सहज जितको खोजिमा रहने छ । नेपालले भोलि बुधबार लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी माल्दिभ्ससँग खेल्ने छ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।



प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०८:०२