काठमाडौँ: नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) सँगको टि–ट्वान्टी क्रिकेटमा नेपाली मिक्स क्रिकेट टोली ११३ रनले पारजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको १९० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७६ रन बनायो ।

एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा अलआउट हुँदै मात्र ७६ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे ।


। नेपालका राशिद खानले तीन विकेट लिए ।

अब एमसीसी पोखरा भ्रमणमा जाने छ । त्यहाँ एमसीसीले आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।


प्रकाशित मितिः कार्तिक २३, शनिवार, १४:०५