एमालेको बालुवाटार र माओवादीको खुमलटारमा केन्द्रीय समिति बैठक जारी







काठमाडौं: नेकपा एमाले र माओवादीकीच हुन लागेको एकता विषयमा भएका सहमतिको अनुमोदन गर्नका लागि दुवै पार्टीका केन्द्रीय समिति बैठक सुरु भएका छन् ।

एमाले केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ भने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ ।

दुवै पार्टीको केन्द्रीय समिति बैठकले पार्टी एकताका विषयमा भएका सहमतिलाई अनुमोदन गर्ने छन् । दुई पार्टीको केन्द्रीय समिति बैठक सकिए लगत्तै दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बस्दै छ । संयुक्त बैठकले पार्टी एकताको घोषणा


गर्ने छ ।

त्यसपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्ने र साँझ पत्रकार सम्मेलन गरेर पार्टी घोषणाको जानकारी गराउने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

केन्द्रीय समिति तथा स्थायी समितिमा रहने नेताको टुंगो पनि लागेको छ। एमालेबाट केन्द्रीय समितिमा २४१ र माओवादीको तर्फबाट २०० गरि एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । स्थायी समितिमा एमालेबाट २६ र माओवादीबाट १९ गरि ४५ सदस्यीय हुने भएको छ । यसैगरी पार्टीको चुनाव चिन्ह सूर्य रहने गरि पार्टी एकताको प्रक्रिया टुंग्याइएको बताइएको छ ।




ताजा समाचार


विशेष समाचार