काठमाडौँ: एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मुत्यृ भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–५ पकलामा दुर्घटना हुँदा ऐरावती–५ जाडीका २८ वर्षे रेशम थापाको मृत्यु भएको र अन्य चारजना घाइते भएका छन् ।

शुक्रबार राति ऐरावती–१ वन्जाडे गाउँमा सुत्केरी छोडेर फर्कने क्रममा धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घटना भएको हो । प्रहरीका अनुसार जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको हो ।

दुर्घटनामा घाइते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षे खेमराज थापा, १९ वर्षे लक्षुमण थापा, ३१ वर्षे होतराज थापा र २१ वर्षे प्रदिप थापा रहेका छन् ।



प्रकाशित मितिः मंसिर १४, शनिवार, १०:१६