काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन दुई सय वटा सीसी क्यामरा जडान गरिने भएको छ।

यात्रुको लगेज सुरक्षादेखि अपराधिक कृयाकलाप नियन्त्रणका लागि उक्त संख्याका सीसी क्यामरा जडान गर्न लागिएको विमानस्थलले बताएको छ ।

अहिले सम्म विमानस्थलमा ३ सय ४५ सीसी क्यामरा प्रयोगमा छ। यस बाहेक अझै २ सय सीसी क्यामरा थपिन लागेका हुन् ।

विमानस्थलका अनुसार साउनदेखि भदौसम्ममा विमानस्थलमा व्यागेज सम्वन्धि आएका ५५ वटा समस्या मध्ये ४९ वटा समाधान भएका छन्।

सुरक्षासँगै नेपाल भ्रमण वर्ष २०२० लक्षित विमानस्थलको पूर्वाधार विस्तारको काम अगाडि बढाइसकिएको विमानस्थलले जनाएको छ ।


सीसी क्यामरा प्रयोगमा आएपछि निकट भविष्यमा विमानस्थलमा आइपर्ने यात्रु सुरक्षासँगै ब्यागेज सुरक्षा समस्या शून्य प्रतिशतमा झार्ने विमानस्थलले बताएको छ ।

 


प्रकाशित मितिः मंगलबार, भदौ ३१, १५:४६