काठमाडौंः अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरको रहेको छ भने एलेन मगरको छायांकन, एकान्त मगरको सम्पादन र विशाल निरौलाको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १२:१६