काठमाडौंः गायिका एलिना चौहान र गायक अलिफ खानको नयाँ गीत ‘भेट भएको दिन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

बसन्त पोखरेलको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडि विचको प्रेमको भावलाई गीतमा ब्यक्त गरिएको छ । आफनी मायालुलाई चौतारीमा कुरेर बसेको कुरालाई गीतमा समेटिएको छ ।

राम कुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा एलिफ र एलिनाको फिचरिङ्ग भिडियोमा रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १७:३८