भक्तपुर: यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज शनिवार प्रकाशित हुने भएको छ ।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीका अनसार, परीक्षा प्रकाशनका लागि दिउँसो तीन बजे बोर्ड बैठक डाकिएको र दिउँसो ४ बजे पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी रहेको छ ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुनेछ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो ।


आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।