काठमाडौँः शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् ।

परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक तनाव दिएको उनीहरूले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कार्यालयको लापरबाहीले २४ घण्टामै नतिजा फरक परेको उनीहरूको निष्कर्ष छ । पूर्वशिक्षा सचिव जनार्दन नेपालले उच्चस्तरीय छानबिन जरुरी रहेको बताए ।

शनिबार प्रकाशित गरिएको एसईई नतिजामा त्रुटि भएको कार्यालयले स्वीकार गरिसकेको छ ।


एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले एसईई परीक्षाकै विश्वसनीयता र वैधतामा गम्भीर प्रश्न उठेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।