काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले वैशाख २५ गतेपछि लकडाउनको मोडल फरक भए माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

बोर्ड अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै एसईई परीक्षा जेठ अन्तिम साताबाट गर्न सिफारिस गरेको हो ।

बोर्डले असार १५ सम्म परीक्षा सक्ने र परीक्षा सकिएको ४५ दिनभित्र प्रकाशित गर्न सकिने जनाएको छ ।

यसैगरी कार्यदलले एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट) मा गर्न पनि सिफारिस गरेको छ ।

यस्तै, कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने बैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ ।



प्रकाशित मितिः बिहीबार, वैशाख १८, २०:२७