काठमाडौंः एसीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

हङकङका निजाकट खानले ४८, साहिद वासिफले २६, कप्तान अजिज खानले २९, हरुन मोहमद अर्सादले २७, जेम्स जोनले १३ र वाकस खानले अविजित ५ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ तथा कुशल मल्लले १ विकेट लिए ।

हङकङविरुद्ध आज नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, १०:२८