काठमाडौंः नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६, कुशल मल्लले १९, अविनाश बोहराले १२, आरिफ शेखले १०, करण केसीले ७, विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरीले ५र५, पारस खड्काले ४ र पवन सर्राफले १ रन बनाए । सन्दीप लामिछाने भने सुन्य रनमा आउट भए ।


हङकङका हरुन मोहमद अर्सादले ५, अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

हङकङका निजाकट खानले ४८, साहिद वासिफले २६, कप्तान अजिज खानले २९, हरुन मोहमद अर्सादले २७, जेम्स जोनले १३ र वाकस खानले अविजित ५ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २र२ तथा कुशल मल्लले १ विकेट लिए ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ११:४६