काठमाडौंः एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले आज शुक्रबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान सवा ८ बजेदेखि सुरुहुनु पर्नेमा वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन् ।

नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेकाले नेपालविरुद्ध पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुनेछ ।

निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ । नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।


। नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

जारी प्रतियोगितामा सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपालले थाइल्याण्डलाई हराएको थियो भने मलेसिया र हङकङसँग पराजित भएको थियो ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०८:१४