काठमाडौंः फियोरेन्टिनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
फियोरेन्टिनाको मैदानमा शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
इन्टरका लागि निकोलो बरेला र इभान पेरिसिचले एक/एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५२ औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ४७ अंक जोडेको छ । एसी मिलानलाई १ अंकले पछि पार्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
। फियोरेन्टिना २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २४ गते शनिबार, ११:२६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook