काठमाडौंः शहिद स्मारक ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदैछ ।

तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा जावलाखेल युथ क्लब र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच दिउँसो साढे ३ बजे खेल हुनेछ ।

खेलमा छ टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

अंक तालिका


प्रकाशित मितिः शुक्रबार, फागुन २, ०८:४३