काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शनिबार दुई खेल हुँदैछ ।

आज पहिलो खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा संकटा क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मध्यान्ह १२ बजे हुने सरस्वतीले जावलाखेलसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै, दशरथ रंगशालामा गत सिजनको उपबिजेता संकटाले एनआरटीसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने छ ।

खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।


प्रकाशित मितिः शनिबार, पुस ५, ०७:०४