काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ए डिभिजन लिगको चौथो चरणका खेलहरु सम्पन्न भएका छन् ।

चौथो चरणको खेलसकिँदा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी र दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले मात्रै अपराजित यात्रा कायमै राखेका छन् ।

पाँचौं चरणको खेल भोलि शनिबारदेखि सुरु हुनेछ ।

अंक तालिका (चौथो चरण सकिँदासम्म)

 शनिबार सातदोबाटोमा न्यूरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल दशरथ रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।



प्रकाशित मितिः शुक्रबार, पुस १८, १२:४९