काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लव जाउलाखेलसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासल जावलाखेलसँग २–० ले पराजित भएको हो ।

जावलाखेलका लागि रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे ।

खेलको ८१ औं मिनेटमा लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । त्यस्तै, ८३ औं मिनेटमा घलानले गोल गर्दै जावलाखेललाई २–० को सहज जित दिलाए ।

खेलमा जावलाखेलका लामा म्यान अफ दि म्याच चुनिए ।

जितसँगै जावलाखेल ८ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । च्यासल ४ अंकसहित आठौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः मंगलबार, पुस १५, १४:१४