काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्री स्टार जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको अवसर खेर फाल्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाएको हो ।


प्रकाशित मितिः बुधबार, पुस २, १६:२२