काठमाडौंः शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले दोस्रो जित हासिल गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै दोस्रो जित हासिल गरेको हो ।

मछिन्द्रका लागि पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा सेगुनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा एडेलाजाले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।

जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


। फ्रेन्ड्स अंक विहीन रहदै पुछारमा रहेको छ ।


प्रकाशित मितिः बुधबार, पुस ९, १४:०८