काठमाडौंः मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा गुरुङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा राईले गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए ।

मछिन्द्रका विशाल राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडेको छ ।


। तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रले २ अंक मात्र पाएको छ ।

एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग गरेको थियो । तर, अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय गरेको थियो ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०६:३२