काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दुई दिनका खेलहरु स्थगित भएको छ ।

खराब मौसम र दशरथ र‌ंगशालाको अवस्थाका कारण शनिबार र आइतबारका खेलहरु स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

अब सोमबारदेखि शनिबारको तालिका लागू हुनेछ । दशरथ रंगशालामा शनिबारबाट तय गरिएको पाँचौ चरणका खेलहरु अब सोमबारदेखि हुने छन् । यसअघिको तालिकामा शनिबारदेखि मंगलबारसम्मको लागि तय थियो ।

लिगको पाँचौं चरण अन्तर्गत शनिबार साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तय थियो ।

यस्तै आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो ।



प्रकाशित मितिः शनिबार, पुस १९, ०८:२६