काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब आफ्नो लिगको अन्तिम खेलमा विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा हिमालयन शेर्पाले न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गरेको हो ।

हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङ र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे भने एनआरटीका लागि राजेश परियारले एक गोल गरे ।

खेलको ३० औ मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा हिमालयन शेर्पाका समिरले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई जित दिलाए ।


जितसँगै हिमालयन शेर्पा १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । पराजित एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ११:१०