ओखलढुंगा : सुनकोशी गाउँपालिकाको च्यानम भाल्दिपमा सडकदेखि करिब ३ सय मिटर तल जिप खसेर दुई जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिकाको मूलखर्कबाट ओखलढुंगा सदरमुकाम तर्फ जादै गरेको बा १५ च ८८४३ नम्बरको जिप खसेको हो।

स्थानीयका अनुसार जिप रोकेर बाँकी यात्रु खाजा खान गएको बेला जिप आफैं गुडेर सडकदेखि तल खसेको थियो।

दुर्घटनामा परी तीनजना गम्भीर घाइते छन घाइतेहरुको उद्दार गरी उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।