ओखलढुंगा, २४ जेठ: काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको जिप ओखलढुंगामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दूई घाइते भएका छन् । ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ छन् । घाइते हुनेमा मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ रहेका छन् ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।