ओखलढुंगाः ओखलढुंगामा आइतबार दिउँसो भर्‍याङबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोलुङ गाउँपालिका–७ बस्ने ७१ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

आफ्नै घरको भर्‍याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको हो ।

यस घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असोज १२, २०७७, ११:२३