ओखलढुङगाः ओखलढुङगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीले चम्पादेवी गाउँपालिका–९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जनालाई पक्राउ गरेको हो ।

गत बुधबार बेलुका ती किशोरीलाई सडक छेउको कोदो बारीमा लगी जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, भदौ ३०, २०७७, १९:४९