काठमाडौंः ओमनका सुल्तान काबुस बिन सइदको निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा शुक्रबार बेलुका निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्यान्सरबाट पीडित सुल्तान काबूस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए ।

अविवाहित उनका अहिले उत्तराधिकारी छैनन् । ४ दशकभन्दा बढी ओमनमा शासन गरेका सुल्तानको निधनपछि अबको सुल्तान को हुने भन्ने निश्चित भइसकेको छैन ।

तीन दिनभित्रै राज परिवार परिषदले नयाँ सुल्तानको घोषणा गर्ने बताइएको छ ।


प्रकाशित मितिः शनिबार, पुस २६, ०९:४७