काठमाडौंः ओमानमा जारी पाँच देश सहभागी टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा भएको टसमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग पराजित भएको थियो ।

६ अंकसहित ओमान शीर्षस्थानमा छ । ६ अंक नै भएपनि रनरेटमा आयरल्यान्ड दोस्रो र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र हङकङ अंक बिहिन छ ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १६:०३