काठमाडौंः नेपालको अहिले पुँजी बजारमा निकै हलचल आएको छ । सामान्य रुपमा हेर्दा देशमा ठूलो द्वन्द्व छैन, राजनीतिक खिचातानी पनि छैन । प्राकृतिक विनाशले राष्ट्रले ठूलै क्षति व्यहोरेको अवस्था पनि छैन । अर्को, बजेट आइसकेको छ, त्यसले अर्थतन्त्रमा अत्यन्तै नकारात्मक र अनिश्चित अवस्थाको सिर्जना गर्ने गरी बाटो निर्धारण पनि गरेको छैन । यति हुँदाहुँदै पनि सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । दुई महिनामै लगानीकर्ताले २ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ गुमाएका छन् ।

वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर असार १२ गते मंगलबार हुँदा १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको छ।


। नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ पनि यस अवधिमा २ सय ४३ विन्दुले घटेको छ । वैशाख ९ गते १४३८ दशमलव ४९ विन्दुमा रहेको नेप्से घटेर ११९४ दशमलव ८० मा आइपुगेको छ ।

२०७३ साउन १२ गते १८८१ दशमलव ४५ विन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १२ सयभन्दा तल आइपुगेको छ । समग्रमा पुँजी बजार ३३ प्रतिशतले घटेको छ ।

सेयर बजार घटेनु कारण

सरकारले प्रस्तुत गरेको बजेटले प्रत्यक्षतः सेयर बजारलाई हतोत्साहित गर्ने कार्यक्रम नल्याए पनि धितोपत्र बोर्डले बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव, सेयर धितोको ऋणमा बढी ब्याज, आर्इपीओ, एफपीओ र हकप्रद सेयर निष्कासन, यो आर्थिक वर्षको अन्त्यमा मार्जिन कललगायत कारण दोस्रो बजारमा सेयर मूल्य घट्नुको कारण बताएको छ।

नेपालमा सेयरमा मूल्य घट्नु र बढ्नुमा ठूला लगानीकर्ताले समय हेरी नियतवस तल–माथि (म्यानुपुलेट) गर्ने  कार्यलाई पनि मुख्य कारक मानिंदै आएको छ । अहिले निरन्तर घट्दै गएको अवस्थालाई म्यानुपुलेट होइन भन्छन् नेप्से प्रवक्ता । त्यस्तो भए सर्वसाधारण लगानीकताृलाई सचेत गरिन्थ्यो भन्छन् उनले । ‘निरन्तर सेयर बजार ओरालो लाग्दै आए पनि सरकारले केही पहल पनि नगरेको रोप सेयर लगानीकर्ता संघ नेपालका अध्यक्षले आरोप लगाएका छन् ।

विश्वमै सेयर बजारलाई मुलुकको अर्थतन्त्रको ऐनाका रुपमै लिइन्छ । सेयर आपूर्ति बढी भएकाले बजार घट्दै गएको सरकारले बताइरहनु गलत भएको लगानीकर्ताको आरोप छ । उनीहरुले ‘सरकारले पुँजी बजारलाई मात्र होइन आर्थिक क्षेत्रलाई नै तहसनहस पार्ने काम गरेको बताएका छन् । भन्सार दर बढाउने, घरजग्गा व्यवसायीको सम्पत्ति छानबिन गर्ने, चिनी उद्योगीलाई नियन्त्रणमा लिनेजस्ता कामले लगानीकर्तालाई हतोत्साहित गरेको उनीहरूको धारणा छ । दैनिक ७० करोडभन्दा बढीको कारोबार हुने सेयर बजार अहिले १८–२० कारोडमा सीमित हुनु नकारात्मक पक्ष हो । सरकारले सेयर कजारको अहिलेको अवस्थालाई सुधार गर्न कुनै पहल नगर्ने हो भने निकट भविष्यमा यसले पूरै अर्थतन्त्रमै दूरगामी प्रभाव पर्ने विज्ञहरुले बताएका छन् ।

सुधार हुन सक्ने अवस्था

सेयर बजारलाई सुधारको अवस्थामा ल्याउन तत्कालका लागि विस्तारकारी मौद्रिक नीतिले काम गर्न सक्छ भन्ने धारणा विज्ञको छ । अर्को, सेयर बजार निरन्तर घटने डरले साना लगानीकर्ताले जसरी भए पनि सेयर बेच्ने हुँदा उनीहरुलाई त्यसो नगर्न सचेत गर्नु पनि एउटा उपाय हुन सक्छ । अर्को, सरकारले अहिले अवलम्बन गरेका केही कार्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यक रहेको पनि विज्ञले बताएका छन् ।