काठमाडौंः आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार २ सयले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, ११:४५