काठमाडौंः आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

बिहीबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी चाहिँ आज स्थिर रहँदै प्रतितोला १ हजार १८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, ११:३९