काठमाडौंः आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार २ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ स्थिर रहँदै प्रतितोला १ हजार २२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, १०:४९