काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन २ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
बिहीबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ९ गते शुक्रबार, ११:४०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook