काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ३ सय रुपैयाँले घटेको हो ।

शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ३ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १२:०५