काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ७ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १२:०१