काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ६ सय र चाँदी ६० रुपैयाँले घटेको हो ।

मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ६ सयले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ६० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १७:२९