काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

मंगलबार ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, ११:३४