काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ७ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

शुक्रबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ४ गते आइतबार, ११:२९