काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ५ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

मंगलबार ७५ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबार ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, माघ ८, १३:१५