काठमाडौंः प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । तर अझै सहमति हुन नसकेको भन्दै आज बस्ने भनिएको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन ।


प्रकाशित मितिः बुधबार, असार २४, २०७७, १७:२१