काठमाडौंः पार्टी एकतामा नै गम्भीर संकट पैदा भएको भन्दै समस्या समाधानको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता सुरु भएको हो ।

आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय बिहीबारको स्थायी कमिटी बैठकले गरेको थियो ।

दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र भोलि शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ ।


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १३:५२