काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीबीच भएको भेटवार्तामा पाँच महत्वपूर्ण समझदारी भएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच काठमाडौंको होटलमा भेटवार्ताको क्रममा समझदारी भएको हो ।
दुई प्रमबीच कुनै सम्झौता नभए पनि सम्बोधनका क्रममा आफूहरुका बीचमा मौखिक समझदारी भएको बताएका छन् ।मोदी जनकपुरमा भएको कार्यक्रम सकेर काठमाडौं आएका थिए ।
यी हुन् ५ समझदारीहरु
१. नेपालसँगको कनिक्टिभिटी बढाएर नेपाललाई वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्न प्रतिवद्ध।
।
२. रक्सौल–काठमाडौँ रेल्वेको सर्वे छिट्टै गर्ने समझदारी भएको समेत मोदीले बताए । अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेल्वे निर्माण सहमति भएको थियो । त्यो लगायत उनको भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई यथाशिघ्र कार्यान्वयन गर्ने सम्बन्धी छलफल भएको समेत मोदीले बताए ।
३. वार्तामा दुई प्रधानमन्त्रीबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने विषयमा छलफल भएको छ । यसका लागि दुई देशको टिम छलफलमा बस्ने प्रधानमन्त्री ओलीले बताए ।
४. भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गर्ने समझदारी भएको मोदीले बताए ।
५. भारतले नेपालको कृषिमा सहयोग गर्ने भएको छ । भारतले कृषि अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ। नेपाल र भारतका कृषि मन्त्रीको बैठक छिट्टै बस्ने र यो विषयमा छलफल गर्ने दुई प्रधानमन्त्रीले जानकारी दिए ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook