काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।



प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १०:४८