काठमाडौंः पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले बदर गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ ।

देउवा सरकारले २०७४ साल भाद्र १४ पछि गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्रति नेपाली राजनीतिमा खैलाबैला मच्चिएको छ भने कांग्रेसले खुलेर विरोध जनाउन थालेको छ ।

कांग्रेसले देउवा सरकारले गरेका निर्णय बदर गर्नुका कारण पनि सरकारसँग माग्ने भएको छ। कांग्रेसले नेता तथा बुद्धिजीवीसँग छलफलपछि दिउँसो पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने नेपाली कांग्रेसले जनाएको छ ।