काठमाडौंः केपी ओली नेतृत्वको सरकारले उपचार खर्च र आर्थिक सहायताको नाममा तीन महिनामा १ करोड बढी रकम बाँडेको छ ।
प्रधानमन्त्रीमा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत १ करोड बढी आर्थिक सहयोग बाँडिएको हो ।

कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनमा घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिएपनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको छ । कारोबार दैनिकमा खबर छ ।