काठमाडौंः नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे ।

उनले पछिल्लो समय राजावादीहरु प्नि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र/धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औंल्याए ।


। उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे । उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे । उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमतपनि ओलीले नअपनाएको आरोप लगाए ।

नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाई छ । उनले भने, ‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ । भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । राजसंस्था ल्याउच चाहन्छ् । अमेरिकाको पनि आफ्नै स्वार्थ छ । अमेरिकी सहयोग सम्झौता एमसीसी ईण्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गत नै हो । ओली सरकारले एमसीसी पारित गर्न पूरा प्रयत्न गरेको थियो । नेकपा फुटपछि चीनको पनि भूमिका बढेको छ । चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेर फर्किएको छ ।’

उनले नेपालमा अहिले भैरहेको राजावादीहरुको आन्दोलनमा बाहृय शक्तिको हात रहेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उनले स्पष्ट पारे । र, सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको उनले जनाए । उनले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पारे ।

उनले आफूलाई काम गर्न दिईएन भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको पनि जिकिर गरे ।


प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, १९:४५