काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओली सरकार भाषणमा मात्र अल्मलिएको बताएका छन् ।

शैलजा आचार्यको नवौं स्मृति दिवसमा “शैलजा आचार्य आदर्श समाज” ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले भने, घण्टौंसम्म जनतालाई आश्वासनका भाषण दिने काममा केहि प्रगती गर्न नसन्ने केपी ओली सरकारले नेपालमा कस्तो विकास र समृद्धि ल्याउँन खोजेको हो?

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेससभामा गएर संबोधन गरेर जनतालाई के सन्देस दिन खोजेको भन्दै प्रदेश सभामा गएर सम्बोधन गर्नुको कारण स्पष्ट पार्नुपर्ने बताएका छन्।

कोइरालाले प्रधानमन्त्रीले देशमा बहुमतको आडमा अधिनायकवाद लद्न खोजेको आरोपसमेत लगाए।


। उनले मुलुक निरंकुशता तर्फ अगाडी बढेकाले लोकतन्त्र र संघीयता धरापमा पर्न सक्ने खतरा रहेको उल्लेख गरे।

कार्यकारी राष्ट्रपति कांग्रेसका लागि स्वीकार्य नहुने बताउँदै भने ‘बहुमत तपाँईहरुसँग छ, सरकार जसरी चलाउँन मन लाग्छ चलाउँनोस तर दुईतिहाई बलको आडमा मुलुकको शासन ब्यवस्था नै परिवर्तन गर्न लाग्ने हो त्यसका बिरुद्ध कांग्रेस जस्तोसुकै आँधीबेहरी ल्याउन तयार छ।’

कांग्रेस गुट-उपगुटमा रुमल्लिरहेको फाईदा सरकारले लिईरहेकोले भन्दै उनले मुलुक अधिनायकबादमा जाने खतरा बढेको धारणा समेत ब्यक्त गरेका थिए ।