काठमाडौंः जापानी खेलाडी नोआमी ओसाका र अस्लेइग बार्टी मियामी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ओसाकाले बेल्जियमकी एलिस मेर्टेन्सलाई र बार्टीले भिक्टोरिया अजारिन्जालाई पराजित गर्दै टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

आज बिहान भएको खेलमा दोस्रो वरियताकी ओसाकाले १६ औं वरियताकी मेर्टेन्समाथि ६–३ र ६–३ को सेटमा जित निकाल्दै क्वाटरफाइनलमा पुगेकी हुन् ।

ओसाका पहिलो पटक मियामी ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् । अब ओसाकाले ग्रीसकी मारिया सक्कारीसँग खेल्ने छिन् ।

यस्तै, विश्व नम्बर एक टेनिस खेलाडी बार्टीले १४ औं वरियताकी अजारिन्जालाई ६–१, १–६ र ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेकी हुन् ।



प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, ०८:०६